हसुलिया, ७ बैशाख। कैलालीकाे कैलारी गाउँपालिका वडा नं. ३ मोहनपुरमा तरकारीबालि र खरभुजाबारीमा आज मंगलबार दिउँसो आगलागी भएको छ। आगलागीले खरभुजा,तरकारीबाली पुरै जलेर सखाप भएको छ। खेतमा गहुको दाँठ( बुटा)जलाउनलाई लगाईएको आगो गहुँखेतबाट नजिकै रहेको करिब ५ कट्ठामा लगाएको खरभुजाबारी, तरकारी बालि पुर्णरुपमा जलेर सखाप भएको छ।

भोजलाल डगौराका अनुसार कैलारी गाउँँपालिका वडा नं.मोहनपुर गाउँ मोहना नदिले घेरिएको छ। यहाँँका खेती योग्यजमिन मोहना नदिमा बर्षेनी आउने बाढीले गर्दा मलिलो जमिन बालुरेत (बालुवैबालुवा) गर्नुका साथै जमिन कटानी- पटानीले साह्रै सताउने गर्छ। बलुवैबालुवा भएको खेतमा अरु बाली कम उत्पादन हुन्छ। त्यस्तो खेतमा बेमौसमी, बगरखेतीी गरे नगद आम्दानी गर्न सकिन्छ। मेरो खेत धेरै त छैन, भएको खेत पनि बालुवैबालुवा छ, गएको साल( बर्ष)झै यसपालि पनि तरकारी र खरभुजामा राम्रो कमाई , आम्दानी होला भनेर खुशी थिए। धान गहुँमा सोचे जस्तो आम्दानी गर्न नसके पनि बगरखेती खरभुजा र तरकारीबालीमा राम्रो कमाई हुन्छ र परिवारीक खर्च जोहो गर्न मद्दत पुग्छ भनेर सोचे थिए भनी उहाँले अाफ्नाेे सुनाउनु भयाे। मधुरो अनुहार, लामो सुस्केरा लिदै अगाडि उहाँले थप्नुुुुुुुभयाे फलेको खरभुजा, तरकारी जलेर सखाप भयो, देखेको सपना पूरा नहुदै एकैछिन मा चकनाचुर भयो। गाउँकै ब्यत्तिले गहुको दाँठ (बुटा ,जरा) जलाउनलाई लगाईएको आगो हावाको बहाबसगै मेरो खेतको लगाएको तरकारी, खरभुजा जलेको छ।
भोजलाल डगौराको छोरी ममिता चौधरीले कैलारी पोष्टसँग आफ्नो दुखेसो पोखीन। हामी एक सामान्य किसानमा हुर्किएको हौं । मेरो बुवा आमाले कठिन मेहनत परिश्रम गरेर परिवार चलाउनु हुन्छ र मेरो स्कुल देखि कलेजको पढाई आज सम्म तरकारीबाली, खरभुजा बेचेर घर खर्च चलाउनुको साथै मेरो पढाइ खर्च चलाउदै आउनु भएको छ। एक जनाको असाबधानीले गर्दा मेरो बुवा आमाको मन आज रोएको छ, वहाँहरुको देखेको सपना, सोचेको काम पूरा नहुदै भत्किएको छ। करिब ५ कट्ठामा गरिएको खरभुजा र तरकारी खेती आगोले सखाप भएको छ। चारैतिर खम्मा र जालिले घेरिएको थियो त्यो पनि सबै जलेको छ। एक ब्यत्तिको हेलचक्राई, असबधानिले फलेको खरभुजा, तरकारी केहिदिनमा बिक्रि गर्ने खालको थियो। अब सब जलिसक्यो, खरानी भयो।
लामो श्वास फेर्दै भनी मेरो पनि आँखा आशुले रसाएको छ।बुवाआमा को त झन गहभरी आँसु छ। बुवाआमाको मन थाम्नलाई भए पनि वडापालिका या गाउँपालिकाको सक्दो सहयोग भए केही हद सम्म राहत हुने थियो भनेर दुखेसो सुनाईन।