काठमाडौं,७ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ ।
उनले दिएको समयसीमाभित्र केपी शर्मा ओलीले १५३ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।