th (1)

कैलालीः कोरोना सङ्क्रमणका कारण कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि यहाँका किसान मारमा परेका छन्। निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन्। निषेधाज्ञाअघि कैलालीका  विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हँुदा किसान मारमा परेका छन्।

किसान भोजबहादुर चौधरी निषेधाज्ञाका कारण खेती गर्ने समय नजिकी सक्दा समेत मल नपाएको बताउँछन्। ‘‘यसपटक मल अभाव हुन्न भन्ने सुनेका थियौँ, म जस्तै धेरै किसान ढुक्क थिए’’, खेतमा रोप्नका लागि ब्याड तयार हुन थाल्यो  तर मल पाइएको छैन। सहकारीले मल बिक्री गरिरहेका छैनन्। अब कसरी मलको जोहो गर्नु।’’गत वर्ष कोरोनापछिको बन्दाबन्दीका कारण मल नपाएको सास्ती खेपेका कैलालीका किसानहरु यसपाली पनि मल पाइने, नपाइने केही ठेगान नभएकामा चिन्तित भएका छन्। जेठ महिनाको पहिलो सातादेखि धान खेतीका लागि धानको ब्याड राख्न किसानले शुरु गरेका छन्। 

मलको जोहो हुने कि नहुने निश्चित नभएकाले किसानहरु निषेधाज्ञामा समेत रासायनिक मलको खोजीमा लाग्ने गरेका अर्का किसान प्रेमलाल चौधरीले बताए। ‘‘निधेषाज्ञा छ, मल पाउने टुङ्गो छैन, अब कोरोना सर्ला भनेर घर बस्ने कुरा रहेन’’, प्रेमलालले भने, ‘‘अब सहकारी तथा स्थानीय सरकारले हामीलाई सहज मल पाउने व्यवस्था गरिदिनु पर्छ। नत्र उत्पादन घट्ने निश्चित छ।’’बर्षे धान खेतीको तयारीमा किसान जुटिसकेका छन्। वर्षे धानका लागि मल बीउको जोहो गर्ने बेला यही होे। कोरोनाले निम्त्याएको निषेधाज्ञाका कारण किसानले मल, बीउको जोहो गर्न सकिरहेका छैनन्। विगतका दिनमा मल पर्याप्त पाइने भनिएता पनि मल  समयमा नपाइने समस्या देखिएपछि किसानमा चिन्ता थपिएको छ।

किसानहरु रासायनिक मलको जोहो नगरे धान खेतीमा असर पर्ने भएकाले मलका सहजताको लागि बिक्रेता, सहकारी र स्थानीय सरकारले आवश्यकता र प्राथमिकता हेर्नुपर्ने किसान बीरबल डगौराको भनाइ छ। ‘‘निषेधाज्ञा जारी रहोस् तर किसानलाई आवश्यक मल, बीउ, इन्धन सहज पाइयोस्, हामीलाई सहज हिड्ने वातावरण बनाइदिनुस्’’, डगौरा भन्नुहुन्छ, ‘‘अहिले सबैले ट्याक्टरको सहयोगमा खेत जोत्ने चलन छ। खेत जोत्न इन्धन पनि सहज र सबै समयमा उपलब्ध गराउनु प¥यो।’’

किसानहरु महामारीले मुलुक ठप्प भएमा बेला कृषि उत्पादनमा समेत असर परेमा भोकमरी हुने बताउँछन्। ‘‘मुलुकमा आिर्थक गतिविधि ठप्प छन्। मानिसको भोक मेट्ने भनेको उतपदनले हो। कृषि उत्पादन बढाउन बीउ, मल, सिँचाइ, खेती गर्न आवश्यक जनशिक्त जस्ता कुरामा सहयोग चाहिन्छ’’, किसान अगुवा रुपेश शर्मा भन्नुहुन्छ, ‘‘यी सबै पूर्वाधार जुटाउन, आवश्यक व्यवस्था गर्न सरकारले प्राथमिकतामा राख्नुपर्छ । साथै किसानको उत्पादन बजारीकरणमा सघाउने काम पनि गर्नुपर्छ।’’कैलालीका किसानले हरेक वर्ष मलका लागि भौतारिनु परेको छ। विगतमा भारतीय नाका खुला हुने भएकाले भारतीय बजारको भरमा मल व्यवस्थापन गर्ने किसान गत वर्षबाट भारतीय नाका बन्द भएपछि निकै मारमा परेका छन्। कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने करीब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेको छ।रासस

1 सोचेको “निषेधाज्ञा लागू भएपछि कैलालीका किसानले रासायनिक मलको जोहो गर्न पाएनन

  1. नेपालको अर्थतन्त्रको जगलाई बलियो बनाउने मूल आधार नै कृषि हो । तर पनि कृषि पेशामा लागेका किसानहरू लाई सरकारले सन्तोष जनक सेवा सुविधा उपलब्ध गराउन सकेको छैन । आधुनिक तरिकाले खेती गर्नको लागि तालिम प्राप्त जे टी ए द्वारा अगुवा कृषक हरुलाई उपयुक्त तालिम गराइ सो तालिम लिइसकेका अगुवा कृषक द्वारा गाउँ टोलका किसानहरु लाई उन्नत जातका बिऊ बिजन प्रयोग गरी उन्नत तरिकाले खेती गर्न प्रोत्साहन गर्नुपर्ने देखिन्छ । तर यसको त कुरै छोडौं बर्षे बाली होस या चाहे हिउँदे बाली होस ठीक समयमा आवश्यक मल खाद इन्धन तथा बिउ बिजनहरु सरकारले किसानहरुलाई पुर्याउन सकिरहेको छैन । यहाँ सम्मकी किसानहरुले आफुसँग उत्पादन भएको अन्न बालीहरु उचित मूल्यमा बिक्री वितरण गर्न सकिरहेका छैनन्। खेतीमा सेवा सुविधा नभएकै कारण ले धेरै जसो मुख्य मुख्य किसानहरु कृषि पेशा छोडेर अधिया (बतैया) दिएर आफु अर्कै काम तिर लागेका छन। त्यसैले नेपाल सरकारले अलिकति कृषि पेशामा ध्यान दिएको भए कृषि क्षेत्रमा प्रगती हुन सक्थ्यो कि ।जनता बने देश बन्छ जनता गरीब भएमा देश गरीब हुन्छ ।जय नेपाल ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ