महेन्द्रनगर, २८ असार। तराईमा परेको अविरल बर्षाले कंचनपुरको भिमदत्त नगरपालिका- ५ मा रहेको वृद्धश्रम दुबानमा परेको छ।
महेन्द्रनगर बजार भन्दा पश्चिम एक किलो मिटरमा रहेको महिला तथा वृद्धसेवा केन्द्रमा नालाको पानी आश्रममा पसेको छ। उक्त नालाको पानी आश्रममा पस्दा आश्रमका जेष्ठ नागरिक तथा आश्रममा भएका अन्य बस्तुभाउमा क्षति भएको छ । संचालिका शारदा चन्दका अनुसार ३लाख बराबरको क्षति भएको छ।
पानी आश्रममा पस्दा ५ क्वन्टल चामल , ३ क्वन्टल पिठो ,५० किलो चिनी , ३० किलो नुनमा क्षति भएको छ। यस्तै आश्रममा पालेका कुखुरामा क्षति भएको छ भने २ वटा ई-रिक्सा पानी डुबेको संचालिका चन्दले बताईन ।
अहिले आश्रमका वृद्धहरुलाई आश्रमकै मल्लोतलामा राखिएको जानकारी दिइन र सम्पुर्ण आदरणीय मनकारी शुभचिन्तक ज्युलाई सहयोगको लागि उनले आग्रह गरेकी छिन। बाढीले गर्दा वृद्धआश्रममा यस्तो बिपत्ति परेको बेला कंचनपुरको जिल्ला प्रशासन, स्थानीय सरकार र प्रहरी चाहिँ बेखबर रहेको संचालिका चन्दले बताईन स्थानियको सहयोगमा हिजो दिन भर आश्रममामा उद्दारको काम भएको छ।