puspatiger

धनगढी, फाल्गुन ८/ कैलालीको गौरीगंगा नगरपालिका ५ अन्डैयास्थित एक स्थानीय किसानको केरा बारीमा बाघ देखिएको छ।

अन्डैयास्थित स्थानीय टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा शनिबार विहान साढे ४ बजे बाघ पसेको छ। किसान टीकाराम चौधरीले घर सँगै जोडिएको आफ्नै केराबारीमा बाघ आएको र विहानैदेखि गर्जिन थालेको जानकारी दिए। घरबाहिर निस्कन पनि त्रास फैलिएको बताउँदै उनले केही दिन यता अन्डैया क्षेत्रमा दिनहुँ देखिदै आएको बताए।

फागुन ३ गते अन्डैयाकी २५ वर्षीया कला धामीमाथि आक्रमण गरि बाघले ज्यान लिएको थियो। भने ३० गते जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बनाएको थियो।

पछिल्लो २ साता यता कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकास्थित सामुदायिक वनमा बाघ देखिदै आएको छ। नरभक्षी बाघ नियन्त्रणको लागि वन र स्थानीय प्रशासनले प्रयास थालेपनि अझैसम्म नियन्त्रण भने गर्न नसकेको हो।

भारतको दुधुवा नेश्नल पार्क सँग जोडिएको वसन्ता कोरीडोरस्थित ती सामुदायिक वनमा एक भन्दा बढी बाघ देखिएको बताइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ