टीकापुर , १७ भदौ। कैलालीको टीकापुर १ शिवनगरमा जिल्ला मुक्त कमैया भुमिहिन सुकुम्बासी ब्यवस्थापनकाे सवालमा अन्तरक्रिया तथा ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

मुक्त कमैया महिला जागरण समाज कैलाली , मुक्त कमैया समाज,बरघर संजाल समिति, मुक्त कमैया युवा जागरण समाज कैलालीको अायोजनामा भएको कार्यक्रममा कमैया महिलाहरुलाई परिचय पत्र दिनुपर्ने,पुनस्थापना गर्नुपर्ने, निशुल्क शिक्षाको ब्यवस्था गर्नुपर्ने स्वास्थ सेवा निशुल्क गर्नुपर्ने, लगायत २१ बुंदे मागसहितको ज्ञापनपत्र प्रमुख अतिथि टिकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावललाई बुझाइको छ । कार्यक्रममा विशिष्ट अतिथिहरु टिकापुर नगरपालिका वडा नं ८ का अध्यक्ष दिर्घबहादुर ठकुल्ला, टिकापुर नगरपालिका वडा नं ७ का अध्यक्ष रामलाल डंगौरा, टिकापुर नगरपालिका वडा नं १ का अध्यक्ष गंगाराम अाचार्यले मन्तब्य राखेका थिए।

त्यस्तै नेकपा एमालेका मोहन बिक,नेपाली काग्रेसका धनराज उपध्याय, नेकपा माअोवादी केन्द्रका नेता श्री बालकृष्ण थारु,”विकास” श्री शिव थापा,श्री दिपु चौधरी,श्री दयाराम संज्याल,जसपाका नेता श्री जितबहादुर चौधरी,नेकपा एकीकृत समाजवादीका श्री झपट स्वडारी,श्री चन्द्रप्रसाद भण्डारी,प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल पश्चिम क्षेत्रका क्षेत्रीय संयाेजक श्री बल्लु चाैधरी शिवनगरका बरघर श्री रामफल चौधरी ,शक्तिनगर बस्तीका बड्घर श्री बाबुराम चौधरीले बोलेका थिए ।
साथै स्थानीय तहको निर्वाचन भएको चार वर्ष बिटेपनि विकासको नाममा शिवनगर गाउँमा एक टुक्रा ढुंगा पनि नपाएको गुनासो समेत रखेका थिए कार्यक्रम संचालन प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल का स्थानीय सहजकर्ता श्री बन्धु प्रसाद चौधरीले गरेका थिए । कार्यक्रम सीता चौधरीको सभाध्यक्षतामा भएको थियोे ।