20210910_103630

मोती रत्न, धनगढी। । कैलालीको अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीले चक्काजाम गरेका हुन । सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्वार अत्तरियामा स्थानीय व्यपारीहरुले अत्तरिया चोक कालोपत्रेको माग गर्दै चक्काजाम गरेका हुन ।

चोकमा उड्ने धुँवाधुलोले व्यापार, व्यवसाय गर्न असहज भएपछि सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिए । शुक्रबार बिहान देखि भएको चक्काजाम ११ बजे सम्म जारी रहेको थियो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ