हसुलिया १३ चैत। कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा शनिबार नागरिक उनमुक्ती पार्टी नेपालको कैलारी गाउँपालिक स्तरिय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सम्पन्न भएको छ। नागरिक उनमुक्ती पार्टी नेपालको कैलारी संयोजक चन्द्र चौधरी(चाँद)को सभाध्यक्षमा गरिएको भेटघाट तथा प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ, केन्द्रीय पार्टी प्रवक्ता, केन्द्रीय सदस्य, प्रदेश सदस्य,नगर/पालिका /वडा स्तरिय पार्टीको बिभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुको उपस्थितीमा सो कार्यक्रम गरिएको थियो। उक्त भेटघाट तथा प्रशिक्षणमा जोशीपुर सिम्रीका जो नेपाली काँग्रेस परित्याग गरि नागरिक उनमुक्ती पार्टीमा प्रबेश गरेको घोषणा गर्नुहुने श्याम नारायण कठरिया, रबि कठरिया, रावत कठरिया धनगढीबाट मुन कुस्मि थारु, दया शंकर थारु(सुलभ फिल्म), मनोज थारु,कैलारी-६ का बिक्रम थारु,लक्ष्मण थारु,अगानी थारु,कैलारी-३का सतिस थारु, कलारी-१ का मोहन थारु र कैलारी-५ की कबिता (काब्य) थारुले पार्टी प्रबेश गरेका थिए। नागरिक उनमुक्ती पार्टी नेपालको अध्यक्ष श्रेष्ठ चौधरीले नब पार्टी प्रबेश गर्नु हुनेलाई टिका, फुलमाला, डोसल्ला ओढाई स्वागत गर्नु भएको थिए। कार्यक्रमका सभाध्यक्षले आउँदो २०८९ को स्थानिय चुनावमा कैलारी-६ बाट अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिने निश्चित छ भनी घोषणा गर्नु भएको थिए।