धनगढी, १२ पु्स । कैलाली जिल्लाकाे गोदावरी नगरपालिका वडा ८ मजगाउँमा ‘मजगाउ थारु सामुदायिक होमस्टे’ संचालनकाे लागि मजगाउँ थारु होमस्टे व्यवस्थापन समिति गठन गरेकाे छ ।
गाउँकाे भल्मन्सा खड्गबहादुर चौधरीकाे सभापतित्व तथा वडा नम्बर ८ काे वडा अध्यक्ष गोविन्द्र चौधरीकाे प्रमुख अतिथि रहेकाे कार्यक्रम बिहिवारकाे दिन भएकाे छ। पहिलाे भेलाबाट कल्पना चौधरीकाे अध्यक्षतामा ११ सदस्य समिति बनाईएकाे छ ।
समितिकाे उपाध्यक्षमा पेजराम चौधरी, सचिवमा वीरबहादुर चौधरी, सहसचिवमा मिना चौधरी र कोषाध्यक्षमा जानकी चौधरी रहेमा छन ।यस्तै गरि सदस्यमा श्यामलाल चौधरी, पनिराम चौधरी, प्रीती चौधरी, फुलचरण चौधरी, सबिता चौधरी ओ फकलु चौधरी रहेका छन।
नवगठित होमस्टेकाे अध्यक्ष कल्पना चौधरी थारु कला सस्कृति भाषा भेषभुषा खानपान संरक्षण संवर्द्धन तथा रैथाने, स्थानीय पर्यटन संवद्र्धन गर्ने उद्देश्यबाट सामुदायिक होमस्टे स्थापना गरेकाे हाे ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा कैलालीकाे निवर्तमान कार्यवाहक सभापति माधव चौधरी, वडा सदस्य हरिराम चौधरी, थारु कल्याणकारिणी सभा गोदावरी नगरसमिति संयोजक चनललाल चौधरीलगायत स्थानीय बृद्धिजिवी मजगाउँक स्थानीयहरुकाे सहभागिता रहेकाे थियाे।