605c70e301fa8_badal12

काठमाडौं, चैत १२ । माइतिघरमा थरुहट थारुवान संयुक्त संघर्ष समितिको धर्ना चलिरहेको थियो । एकाएक साइरन जडित गाडी र सुरक्षाकर्मी सहित पुग्नुभयो गृहमन्त्री रामबहादुर थापा बादल ।
धर्ना स्थल पुग्नु भएका गृहमन्त्रीलाई थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीले टीकापुर घटनाका आरोपित राजबन्दीको रिहाई तथा झुठा मुद्दा खारेजीको माग गरे । प्रतिउत्तरमा गृहमन्त्री थापाले आन्दोलनरत पक्षलाई वार्ता समिति गठन गर्न आग्रह गर्नुभयो ।


काठमाडौंको माइतीघरमा थारू कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा जारी छ । धर्नामा ३६ जनाको सहभागीता रहेको छ ।कार्यक्रममा पूर्व सभासद तथा थाकस संगठन विभाग प्रमुख रुक्मिणी चौधरीले टीकापुर घटना षड्यन्त्रपूर्वक घटाइएको घटना भएकाले निर्दोष राजबन्दी थारुहरुको तत्काल रिहाईको माग गर्दै टीकापुर घटनाबारे स्पष्ट पार्नुुभयो । उहाँले घटनामा आरोपितहरुको मुद्दा खारेज गर्ने विश्वास गर्दै राजनीतिक वातावरण बनाएकोमा गृहमन्त्री थापालाई धन्यवाद दिँदै सरकारको तर्फबाट आधिकारीक पत्र आएमा आफूहरुले बार्ता टोली गठन गर्ने बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ