pani2021-07-22-10-21-38

काठमाडौँ,१० भदौ । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  आज दिउँसो पाँच वटा प्रदेशमा भारी वर्षा तथा राति तीन वटा प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

दिउँसो प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश–२, लुम्बिनी र गण्डकी प्रदेशमा अति भारी वर्षाको सम्भाबना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । शनिबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् । 
यस्तो छ तीन दिनको पूर्वानुमान

भाद्र १० गते बिहीबार

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,  वाग्मती,  गण्डकी र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,  वाग्मती, गण्डकी, लुम्बिनी  प्रदेशका  थोरै  र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
भाद्र ११ गते ९शुक्रबार०
दिउँसोः देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका  एक–दुई  स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी÷धेरै भारी र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १२ गते ९शनिबार०
दिउँसोः देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी÷धेरै भारी र बाँकी प्रदेशका एक–दुई  स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ