धनगढी– राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिमको नयाँ कार्यसमिति चयन गरिएको छ।
मञ्चको सुदूरपश्चिम प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।
समिति सर्वसम्मत चयन गरिएको मञ्चले जनाएको छ। अधिवेशनले अध्यक्षमा संगत थारुलाई चयन गरेको छ।
यस्तै उपाध्यक्षमा समु चौधरी, सचिवमा स्वरुप चौधरी सह(सचीवमा शिसा चौधरी र कोषाध्यक्षमा राज चौधरी सर्वसम्मत चयन भएका छन्।
सदस्यहरुमा सुयोग चौधरी, आशिष चौधरी, मनिराम चौधरी, नेहेल्जा चौधरी, सदिच्छा चौधरी , आदर्श महतौं चयन भएका छन्।