FB_IMG_1694013431529

जीत ट्रासन

नुन खाएपछि
नुन खाएपछि
धेरैथोकमा फरक पर्दोरहेछ ।

नुन चाटेपछि
मेरा बुलन्द कविताले
मालिकको तलुवा कैलाश भन्न थालेछ ।
ख्वामित् को भजन गाउन लागेछ।

शासकका दमनका विरुद्ध
सडकमा राँको बालेर गर्जने
मेरा बुलन्द कविताले
नुन पाएपछि
एकाएक गुलाम बन्न पुगेछ ।

नुन चाखेपछि
मेरा बुलन्द कविताले
सरकारको स्वेच्छाचारलाई
मलमली उपहार भन्न लागेछ
दरबारको तलवारलाई
मखमली फूलहार देख्न थालेछ ।

नुन खाएपछि
धेरैथोकमा फरक पर्दोरहेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ