Chhabilal

–छविलाल कोपिला
आत्मविश्वासको घरमा आगो लाग्यो
जलाएर/आगो लगाएर एक युवा
बेसूर ताली बजाइरहेको थियो
र, क्रूर भावमा आक्रोश पोखिरहेको थियो
साला ! तेरो देश जल्यो ।
आत्मविश्वास अर्थात आफ्नै गौरब
गौरबसँगै देश जल्यो
घर जल्यो, मन जल्यो
माटो जल्यो
अर्थात् आमा जलिन् ।
जलेर खण्डहर बनेका भग्नावशेष
अनि खरानी कुल्चेर
आज उही युवा
एक आलिशान महलमा बसेर राज गरिरहेछ ।
र, म सोचिरहेछु
यो आलिशान घरमा आगो लाग्छ कि लाग्दैन ?
यी घरका छतहरू खस्छन् कि खस्दैनन्
खरानी हुन्छन् कि हुँदैनन् ?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ