1641383053814

✍️मोती रत्न
हिमालको काखमा फुलेको फूल हुँ म।
नेपाली माटोमा हुर्केको मूल हुँ म।
मादलको तालमा गाउँछु खुसीका गीत,
सारङ्गीको धुनमा सजिएको पूल हुँ म।
दशैँको टीका र तिहारको त्यो उज्यालो,
पुर्खाको संस्कृतिले कोरेको फूल हुँ म।
गुराँसको रङमा रङ्गिएको पहिचानसंगै,
लेकबेँसीको मायाले बनेको अनुकूल हुँ म।
देउसी र भैलोमा गुञ्जिने मीठो भाका बोकी,
रोधीघरको रमाइलोमा हराएको झुल हुँ म।
कसैको भाषा फरक, कसैको भेष फरक,
विविधताभित्र एकताको अमूल हुँ म।
मधेस, पहाड, हिमाल, रातो एउटै रगत छ,
सद्भावको धागोले गाँसिएको अनमोल हुँ म।
नबिर्सौँ है, पुर्खाको गौरव र इतिहास,
नेपाली संस्कृतिको अमर प्रतिकूल हुँ म।

कैलारी – ५, बैजपुर (कैलाली)
हाल – नेपालगन्ज, बाँके

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ