president-bidhya-bhandari_A8b6R2ecMq

धनगढी, २० बैशाख । सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उनी माओवादी केन्द्रनिकट हुन् ।

सरकारले सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त गर्दै गंगाप्रसाद यादवलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ । यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए । यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ