lockdown-bardiya

डडेल्धुरा,२४ वैशाख । डडेल्धुरामा आईतबारदेखि जेठ ४ गतेसम्म निषेधाज्ञा (लकडाउन) लागू हुने  भएको छ ।  विश्वभर फैलिएको नयाँ भिरियन्टसहितको कोरोना भाइरसको संक्रमण दर जिल्लामा पनि उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले  निषेधाज्ञा जारी गरेको हो।

बैशाख २५ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ