डडेल्धुरा,२४ वैशाख । डडेल्धुरामा आईतबारदेखि जेठ ४ गतेसम्म निषेधाज्ञा (लकडाउन) लागू हुने भएको छ । विश्वभर फैलिएको नयाँ भिरियन्टसहितको कोरोना भाइरसको संक्रमण दर जिल्लामा पनि उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले निषेधाज्ञा जारी गरेको हो।
बैशाख २५ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।
