FB_IMG_1621642742878

सुनिल उमार थारू
घोडाघोडी न.पा. १२ शिवपुर
कैलाली

अकाशको बादलमा कालो धुवॉं को चिट्कार कस्ले सुन्ला
हरेक ख़ातमा एक सर्को सॉंस कस्ले देला
त्यही छट्पटाहत संगै निस्को अवाज
कस्ले सुन्देला
सरकार…कस्ले ? सुन्देला सरकार..!!!
तिमी जहिले कुर्सी,पद र प्रतिस्था को कुरा गर्छौ
आज त्यही कुर्सिको खुट्टा भॉंचिदा
तिमीले आगो तापी बसीरहेछौ
भोली त्यही खुट्टा जोर्ना
यही दैलो मा आउने छौ
अनि त्यसको हिसाब
हामीले गरौला…।

अजा गॉंउ र शहर ठला परेको बेला
कुन गॉंउ र अस्पताल मा
तिमी एक चोटी छिरेकाछौ
बस् छिरेयो त ऊही सिंहादरबार,बलुवाटार र सितल निवास
आफ्नै भाग बन्दाका लागी
अनि हामी कसरी भनौ
तिमी जनताको सरकार हो
भनेर ….।

सरकार तिमी उसैको सरकार बनायो
जस्ले तिम्रो तल्वा चाटेर हल्वा खाईरहेछ
ज्यूँ गरेर फुई झारीरहेछ
भुई छोडी ऊई चडी रहेछ
सलाम गरी गुलाम गरिरहेछ
उलाई भनि मोलाईम चाटीरहेछ
अनि म कसरी भनु सरकार तिमी
जनताको सरकार हो भनेर ….।

सरकार तिमी सजिब हो कि निर्जीब हो
छुट्एउनै सकेन
निर्ह को पिडलाई न देखेयो
न चिट्कार सुनेयो
न आत्मीयता देखायो
न त दया देखायो
अनि म कसरी भनु तिमी
सरकार हो भनेर…..।

सरकार आज देश रोएको बेला
तिमीलाई गुहारेको छ
तिम्रै साथ खोजेको छ
एक मुठ्ठी सास नपाएर
ज्यान गुमाऊदै छ
तर तिमी लौटंकी देखाउदै छौ
नंगो नाच नच्दै छौ
र देखाऊदै छौ
ख़ाली आफ्नै सत्ताको लागी
अनि म कसरी भनु मेरो देशमा
सरकार छ भनेर …।

           

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ