SEE-exam2021-06-01-07-55-35

काठमाडौं, १८ जेठ । विद्यालय तहको निर्णायक परिक्षा एसईई यो वर्ष पनि नहुने भएको छ । सरकारले यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसईई आन्तरिक मुल्यांकनकै आधारमा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

परीक्षा गर्न अनुकूल नरहेकाले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीको मूल्यांकन गर्न माध्यमिक शिक्षा परीक्षा बोर्डलाई निर्देशन दिने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बताएका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ