भजनी,२८ असार । कैलालीको भजनी नगरपालिकामामा तालाबन्दी गरिएको छ । सोमबार उपप्रमुख छायाँ देवकोटासहितको जनप्रतिनिधिहरुको समूहले नगरपालिकामा ताला लगाएको हो।
नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा निर्णय गर्न थालेको भन्दै नगरपालिकामा ताला लगाएको देवकोटाले बताइन्।आइतबार उनीहरुले कार्यपालिकाको बैठक बहिस्कार गरेका थिए। स्थानीय सरकार सञ्चालन ऐन, २०७४मा बजेट तथा कार्यक्रम तर्जुमा समिति तयार गरिएको छ । त्यसमा उपाध्यक्ष वा उपप्रमुख – संयोजक रहने व्यवस्था छ । तर, उपप्रमुखलाई जानकारी नगराई बजेट तथा कार्यक्रम तर्जुमा गरेको भन्दै विरोध भइरहेको छ ।