217216506_1169151350226486_7559436720627229353_n (2)

हसुलिया, २८ असार। कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०७७/२०७८को सार्वजनिक सुनुवाइ तथा आर्थिक बर्ष २०७८/२०७९ के निति,बजेट तथा कार्यक्रम सार्वकिकरण कार्यक्रमको तयारी पुरा भएको छ। पहुरा मीडिया प्रा.ली.ले सहजीकरण गर्ने कार्यक्रममा कैलारी कैलारी गाउँपालिकाको आयोजनामा हुन गईरहेको छ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरमान चौधरी प्रमुख अतिथि रहेका थिए । सो गाउँपालिकाको चालू आर्थिक वर्षमा ५२ करोड ४९ लाख ३९ हजार रुपैयाँ बजेट रहेको थियो । 

यसैगरी, कार्यक्रममार्फत गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ६३ करोड ५१ लख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि वीरमान चौधरीले आफ्नो ठाउँको विकास निर्माणको कार्य आफ्नै तरिकानुसार गर्न आवश्यक रहेको बताए । उनले हरेक स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माणको लागि संविधानले नै व्यवस्था गरेको बताए ।

यसैगरी, गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले चुवानी प्रतिवद्धता अनुसार ९० प्रतिशत काम पूरा गरेको बताए । उनले जनचेतना अभाव र दलहरुले साथ नदिने जस्ता कारणले कतिपय काम गर्न नसकिएको उल्लेख गरे । अध्यक्ष चौधरीले राजनीतिक दल, बुद्धिजिवी लगायतले दिएको सहयोगको आधारमा गाउँपालिका चल्दै आएको र आगामी दिन पनि सोही अनुसार नै अगाडि बढ्ने बताए । 

कार्यक्रममा माओवादी केन्द्रका कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरी, नेपाली काङ्ग्रेसका रामचरण चौधरी, जनता समाजवादी पार्टीका होरीलाल चौधरी, राप्रपाका होमबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा नेपालका गोरेबहादुर विक बोलेका थिए । 

सो अवसरमा कैलारी गाउँपालिकामा उत्कृष्ट कार्य गरेको भन्दै १७ जना कर्मचारीलाई जनही १० हजार रुपैया पुरस्कारसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, सामाजिक विकास शाखा प्रमुख यगम कलेल, स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा, दीपकबहादुर खड्का, लीला भण्डारी, सोमप्रसाद चौधरी, बालकुमारी चौधरी, दीपेन्द्र चौधरी रहेका छन् । 

यस्तै, हेल्थ असिस्टेन्ट कुसुम चौधरी, भीम ऐर, वडा सचिव मञ्जु अधिकारी, कम्प्युटर अपरेटर रविन्द्रकुमार चौधरी, ल्याब असिस्टेन्ट प्रदीप चौधरी सम्मानित भएका छन् । यसैगरी, सवारी चालक मनिष चौधरी, नारायण चौधरी, सेवानिवृत कार्यालय सहायक धनीराम चौधरी, कार्यालय सहायक बुझावन चौधरी, रविन चौधरी, आँखा उपचार केन्द्रका कार्यालय सहायक सुशीला चौधरी रहेका छन् । 

यसैगरी, उत्कृष्ट कार्य गर्ने वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरी र वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीलाई पानी मोटरसहित सम्मान गरिएको छ । यस्तै, वडा नम्बर ७ को वडा कार्यालय उत्कृष्ट वडाको रुपमा सम्मानित भएको छ । 

यसैगरी, जनकल्याण माध्यमिक विद्यालय, समीक्षा बहुद्देश्यीय सहकारी संस्था, महिला स्वास्थ्य स्वयम् सेविका मीरादेवी चौधरी, कमलपोखरी स्वास्थ्य आमा समूह, कृषक राजाराम चौधरी, भोजरा चौधरी सम्मानित भएका छन् । यस्तै, एकल महिला चेरिया चौधरी, अपाङता भएका व्यक्ति केदारनाथ चौधरी र दलित महिला अधिकार मञ्च धनगढीलाई सम्मान गरिएको छ । 
कार्यक्रममा गाउँपालिकाका वडा सदस्यहरु, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, व्यापारी, भलमन्सा लगायतको सहभागिता रहेको थियो । कैलारी गाउँपालिकाको आयोजना र पहुरा मिडिया प्रालिको सहजिकरणमा कार्यक्रम भएको थियो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ