Screenshot_2026-07-18-18-27-08-132_com.facebook.katana-edit

काठमाडौं: लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो गएपछि ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी–ढोरपाटन सडक र अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खसेपछि यातायात बन्द भएको छ।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो जाँदा कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका धेरै स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। विभागले बाढी, पहिरो र डुबानको जोखिम भएकाले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ