FB_IMG_1787725954722

काठमाडौं । बाढी प्रभावित रसुवाको टिमुरे र स्याफ्रुबेसीबाट सातजनालाई उद्धार गरी नुवाकोटको त्रिशूलीस्थिल सैन्य तालिम केन्द्रमा राखिएको छ ।

“टिमुरेबाट चार र स्याफ्रुबेसीबाट तीन गरी कुल सातजनालाई उद्धार गरी त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा राखिएको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाह्रखरीसँग भने ।

सैनिक प्रवक्ता बस्नेतका अनुसार बाढी प्रभावित क्षेत्रमा सेनाले हेलिकोप्टरमार्फत उद्धार कार्य गरिरहेको छ । उद्धार गरिएको विवरण आउन बाँकी रहेको उनले जनाए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ