Screenshot_2026-08-26-12-25-18-506_com.facebook.katana-edit

भोटेकोशीमा आएको बाढीमा परेकाहरूको उद्धारका लागि सरकारले ११ वटा हेलिकाेप्टर परिचालन गरेकाे छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सकिएसँगै आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्को बैठक बस्न लागेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बताएका छन्।

मन्त्री तिमल्सिनाका अनुसार उद्धार (रेस्क्यु) कार्यका लागि अहिले ११ वटा हेलिकाेप्टर परिचालित छन्। विपत् प्रभावित क्षेत्रमा आवश्यक सम्पूर्ण शक्ति केन्द्रित गरिएको उनले जानकारी दिए। उनले विपतकाे अवस्थालाई ध्यानमा राख्दै सबैलाई सजग र सतर्क रहन आग्रह गरेका छन्।

‘विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सकिएको छ। अब आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्को बैठक बस्दै छ,’ मन्त्री तिमल्सिनाले भने, ‘रेस्क्युका लागि अहिले ११ वटा हेलिकाेप्टर परिचालित छन्। आवश्यक सम्पूर्ण शक्ति प्रभावित क्षेत्रमा केन्द्रित गरिएको छ। सबै सजग रहनुहोला।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ