Screenshot_20211203-050316_Facebook

विद्या खड्का बागबजारको एउटा गल्लिमा हिँड्दा हिँड्दै टक्क पाईला रोकिन्छ।
ढक् ढक् निकैबेर ढोकामा अावाज दिएपछि बिस्तारै ढोका खोलिन्छ। नब्बेको दशकमा हिँड्दै गरेकि अामा, ढोका खोलेर भित्र बोलाउँछिन् सुमि लाई केहीबेरको भलाकुसारि पछि बल्ल चिन्छिन् अाफ्नि नातिनिको साथी भनेर।
“धेरै पछि अायौ नि त नानी ”
“झण्डै सात वर्ष भएछ अामा, ” सुजु बिहे गरेर विदेश गएदेखि अाजै हो, काम परेर यता अाएको।
“अनि अंकल हरू खै त?”
“सबै छोडेर गए बाबै, तीन छोरा तीन शहरमा!(भुईचालो ले चर्किएको गारो र भुईहेर्दै) यो पुरानो घर स्याहारेर को बस्छ! एउटैले लिउ भनेको पनि मानेनन्” मलाई एउटाकोमा बसे अर्को रिसाउछ भन्ने पिर, कत् —-ति दुःख ले बनाको घर माया लाग्छ छोडेर हिँड्न मन मान्दैन, ”
“तिमीले कसरी सम्झियौ? यत्तिका वर्ष पछि” छोरी!”
“कलेज पढ्दाको समयमा अचानक हुने बन्द र हडतालले बस नचल्दा घर जान नसकेर धेरै पटक यो घरमा बसेकि थिएँ नि अामा, सुजु सँग अाएर, त्यसैले होला हिड्दा हिड्दै यता पुग्दा पाईला अाफैं रोकियो।”
” कोठामा बस्ने मान्छे पनि छैनन् अामा?”
“यो थोत्रो घरमा को बस्छ कोठामा। झण्डै खण्डहर बनिसकेको घर सबैले देख्छन् छोरी, मन खण्डहर भएको कसले देख्छ र! “

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ