101534058_868653326958842_7743657328372613120_n

–छविलाल कोपिला
यतिबेला
ठाडा रुखहरूबाट
बाजहरू निशाना लगाइरहेछन्
मेरो माटो माथि
र, विस्त्याइरहेछन् भूगोल
त्यसैले
झुपडीहरू उठौं
गाउँहरू उठौं
वस्तीहरू उठौं ।

भाले बास्नु अघि
चुलोसँग अदृष्य अात्मीय साट्दै
कचौराहरूमा उठाएर साटु र नून
अनि मनभरि बिश्वास बोकेर
नयाँ संकल्प लिएर अगाडि बढौं
र, भोलि सूर्योदयसँगै
काँधमा कोदाली
हातमा हँसिया र हथौडा बोकेर
निरन्तर अगाडि बढौं
किन कि
त्यो सुदूर भूगोलको झाडी सफाइसँगै
त्यो बाज बस्ने ती ठाडा रुखहरू ढाल्नु छ
र यो माटोलाई समृद्ध बनाउनु छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ