३-पुस युके। मगर संघ युकेले मास्टर मित्र सेनकाे स्मृतिमा एक भव्य भर्चुअल समाराेह सम्पन्न गरेकाे छ । समाराेहमा वेलायत, नेपाल र भारतबाट स्रष्टाहरू सहभागी भएका थिए ।
मगर महिला संघ युके, मगर युवा संघ युके, मगर इन्भेष्टमेन्ट युके, मगर बुद्धिष्ट समाज युकेकाे ऐक्यवद्धता र सहभागीता रहेकाे उक्त कार्यममा चित्र बा. थापा, भक्त थापा, वीर बलाल, विष्णु, चन्द्र थापा, दल प्रसाद थापा, गजवीर थापा, गाेवर्दन राना, हेमा राना, थम राेका, जगत थापा, कर्ण दर्लामी मगर, कुल थापा, लेख राना, मेजर शान्त पुन, मन बहादुर थापा, मधुसुधन थापा, नरेस खपाङ्गी, एन वि मगर, नेत्र के मगर, निर्मल थापा, राम गलामी, साेव रेगामी, तिल बहादुर थापा मगर, टाेप पल्ली मगर, लाल पुन, अमित थापा(दार्जिलिङबाट) लगायतका महानुभाव सहभागी भएका थिए ।
वेलायत फान्ब्राेमा रहेकाे मगर भवनमा मगर संघ युकेका अध्यक्ष र साथीहरूबाट दीप प्रज्वलन गरेर सुरु भएकाे कार्यक्रममा विजय हितानले मास्टर मित्र सेनका व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । वीरबहादुर थापा गाहाले मास्टर मित्र सेनकाे गीत “अब त जाम कान्छी घर ….र मलाई खुत्रुक्कै पार्याे जेठान तिम्राे बैनीले…” गीत प्रस्तुत गरेका थिए । मिन बहादुर रानाले “लाहुरेकाे रेलिमाइ …” गीत प्रस्तुत गरेका थिए । त्यस्तै गाेमा राना, नानू राना थापा, घन थापा लगायतले कविता वाचन गरेका थिए ।
मास्टर मित्र सेन स्मृति प्रतिस्ठान नेपालका अध्यक्ष गाै बहादुर आले मगरकाे प्रमुख आतिथ्य र मास्टर मित्र सेन साहित्य सङ्गीत सभा भाग्सुका अध्यक्ष साधना नेपाली आमाकाे र रवी राना विशिष्ट आतिथि रहेका थिए ।
मन्तव्यकाे क्रममा गाैबहादुर आले मगर र सुसिला आमाले मास्टर मित्र सेनकाे विषयमा भए गरेका र आगमी याेजनाहरू बारे प्रष्ट पारेका थिए । भारतीय मगर समाजका अध्यक्ष रवी रानाले मास्टर मित्र सेनबारे भए गरेका कामकाे विवरण सुनाउँदै साहित्य सिर्जना भन्ने अचेल बुज्रुकहरूकाे काम हाे जस्ताे भएकाे छ । नयाँ पिँढीमा साहित्य अध्ययन र सिर्जना गर्ने बानी बसाल्ने प्रयास गर्नुपर्ने सुझाव दिए।
कार्यक्रम मगर संघ युकेका अध्यक्ष सुनिल रानाकाे अध्यक्षता रहेकाे थियाे भने मगर संघ युकेका महासचिव रुद्र थापाकाे सञ्चालन गरेका थिए ।