थाकुरद्वारा १, चैत्र। बर्दिया जिल्लाको थाकुरद्वारामा समुदायमा आधारित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सहजकर्ताहरुका लागी सहजीकरण तालीम आइतबारदेखि सुरु भएको छ।
सगोल कास्की पोखराको आयोजना तथा ख्रिष्ट्रीय एकता समाज कैलाली र बर्दियाको सहकार्यमा सो तालीम थाकुरद्वाराको थारु होम रिसोर्टमा सुरु भएको छ। चार दिनसम्म चल्ने सो तालीममा सहभागीहरुलाइ सगोलको बारेमा तथा तालिमको उदेश्यको बारेमा क्षमता विकाश अधिकृत हरी शरण अधिकारीले स्पष्ट गर्नु भएको थियो भने तालिमको सहजीकरण तालीम स्रोत ब्यक्ति विजय सिंह ठकुरीले गर्नु भएको थियो ।

विपद जोखिममा रहेका कैलाली र बर्दिया जिल्लाका विभिन्न गाउँपालिका नगरपालिकाका १८ जना सहभागीहरुको उपस्थिति रहेको कार्यक्रममा सगोलकै कैलाली जिल्ला सहजकर्ता रामसमझ चौधरी र बर्दिया जिल्ला सहजकर्ता टिक बहादुर थारू लगायटको उपस्थिति रहेको छ।