159372856_774543836796371_3214119194904128585_n

धनगढी, २९ फागुन । सामानता न्याय र अधिकारकालागि दासता विरुद्धको थरुहट थारुवान राष्ट्रिय सम्मेलनको समिक्षामा थरुहट नेता होरीलाल चौधरी टीकापुर मुद्धाको समस्या समाधान गर्न मार्चा र सरकारबिच वार्ता हुन आवश्यक रहेको बताए ।

यहि फागुन १५ र १६ गते भएको सम्मेलनको समिक्षामा बोल्दै उनले हसुलियामा भएको सम्मेलन सफलता पुर्वक समपन्न भएको बताए । अबको राजनीतिक अवस्थालाई मध्येनजर गर्दै मोर्चाले सरकारसंग बार्ता गर्न टोली गठन गर्नुपर्ने सुझाब दिए ।

उनले टीकापुर मुद्धा लगायत थरुहट आन्दोलनले उठान गरेको मुद्धा समाधानको लागि पहल चाल्न मोर्चाले वार्ता टोली गठन गर्न जरुरी रहेको नेता चौधरीको तर्क थियो ।

समिक्षामा मोर्चाका केन्द्रीय प्रवक्त मिनराज थारु, जिल्ला संयोजक माधब चौधरी, महिला मोर्चाका केन्द्रीय उससंयोक सर्मिला चौधरी, जिल्ला संयोजक शुसिला चौधरी, यूवा मोर्चाका केन्द्रीय संयोजक सिताराम थारु, भलमन्सा, यूवा लगायतको सहभागिता थियो ।

सम्मेलन ऐतिहासिकरुपले सफल भएको साथै अब उप्रान्त सम्मेलनले तय गरेको बाटो योजनाबद्ध तरिकाले कार्यन्वयनमा लाग्नुपर्ने समिक्षाको निषकर्ष थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ