कञ्चनपुर,१४ चैत । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट कञ्चनपुरको पुनर्वास नगरपालिका पुगेका छन । पुनर्वास नगरपालिकाको वडा नम्बर ४ हुँदै वडा नम्बर ६,७,८ र ९ सम्म जोड्ने मुख्य सडकको प्रदेश सरकारको बजेटमा निर्माण गर्नका लागि अनुगमन गर्न पुनर्वास पुगेका हुन् ।
यो सडक यसअघि एसएनआरडिपि नामक एक आयोजना अन्तर्गत सडकको स्तरोन्नति गर्ने काम भएपनी सडक कालोपत्रे नहुँदा सडक पुनः जिर्ण बनेको छ । नेकपा एकता भएसंगै माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री बनेका भट्ट नेकपा एकता भंग भएसंगै उनको पद समेत धरापमा छ । तर उनले आफ्नो सरकारले यस सडक निर्माणका लागि बजेट विनियोजन गर्ने समेत आश्वासन दिएका छन् । ‘तपाईहरु ढुक्क रहनुहोस मुख्यमन्त्री भट्टले भने, ‘यस सडक निमार्णका लागि यहि सरकारले बजेट बिनियोजन गर्छ।’
वडा नम्बर ४ को कोटिहोम देखि वडा नम्बर ९ को बिचफाँटा सम्म सडकको लम्बाइ १९ किलोमिटर छ । यता डोेकेबजार र बेलैरी जोड्ने हुलाकी राजमार्गको काम सरकारले ३० काम सम्पन्न गर्ने लक्ष्यका साथ २०७३ सालमा शिलान्यास गरेको भए पनि ४ बर्ष बितिसक्दा समेत निर्माण कार्यले अहिले सम्म गति दिन सकेको छैन् । विकासे कामलाई महत्त्व दिन नसकेको आरोप खेप्दैै आएका मुख्यमन्त्री भट्ट शनिबार पुनर्वास पुगेका हुन् ।