186488039_10164854549470570_7412548104059782655_n
Advertisements

चितवन — खोरसोरको हात्ती प्रजनन् केन्द्रमा ११ दिनअघि जन्मेको हात्तीको बच्चा (छावा)ले ‘शेषचन्द्र गज ‘नाम पाएको छ ।विस २०७१ साल असोज ९ गते माडी बगई जंगलमा चितवन राष्ट्रिय निकुञ्जका सिनियर गेमस्काउट शेषचन्द्र चौधरीको गोली प्रहारबाट हत्या भएको थियो।माडीबाट मोटरसाइकल चढेर आफू कार्यरत निकुञ्जको ठोरी दिपानगर पोष्टमा जाँदै गरेका चौधरीलाई बाटैमा गोली हानिएको थियो । चोरीसिकारीको आशंकामा माडी बाँदरझुला गाउँका व्यक्तिहरूलाई समाएर कारबाही गरेको प्रतिशोध साँध्न चौधरीको हत्या भएको थियो उनलाई संरक्षण सहिद घोषणा गर्न माग भए पनि पूरा भएको छैन ।‘निकुञ्ज इतिहासमा कर्मचारीको निकुञ्जभित्रै हत्या भएको यो पहिलो घटना हो। कामको सिलसिलामा संरक्षण विरोधीबाट हत्या भएका कारण उनलाई सहिद घोषणा गर्नुपर्छ,’ चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भनेका थिए । निकुञ्जले यसबारेमा त्यो बेलामा नै विभागमा पत्र पठाइसकेको र विभागले पनि मन्त्रालयमा फाइल पठाइसकेको थियो। ‘यो घटना भएपछि पूर्वमा भएको यस्तै एउटा घटनामा निधन भएका व्यक्तिलाई संरक्षण सहिद घोषणा गरिएको जानकारी आएको थियो । शेषचन्द्रका विषयमा भने सुनुवाइ भएन,’ हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा कार्यरत कुँवरले भने । विस २०२२ सालमा पूर्वी चितवनको रत्ननगरमा जन्मेका शेषचन्द्र ४३ सालमा निकुञ्जको जागिरमा प्रवेश गरेका थिए । उनी ६६ सालमा सिनियर गेमस्काउटमा बढुवा भएका थिए । गोली प्रहारबाट उनको घटना स्थलमै निधन भएको थियो । बाँदरमुढे घटनास्थल र शेषचन्द्रलाई गोली हानेको घटनास्थल करिब १५ किलोमिटरको दुरीमा माडी ठोरी हुलाकी मार्गमा नै पर्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ