177570249_277535320771587_2314691279862249927_n

हसुलिया, १८ असार । थारू लेखक संघको आयोजना तथा कैलारी गाउँपालिकाको सहकार्यमा दुई दिने थारू लोक तथा बाल साहित्य कार्यशाला गोष्ठी आज कैलारी गाउपालिका-९ गदरियामा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कैलारी गाउँपालिकाको अध्यक्ष लाजूराम चौधरीले स्थानीय थारू भाषाको शिक्षणको लागी प्रत्येक आधारभूत बिद्यालयमा एक जना गाउपालिकाबात भाषा शिक्षक खताईसकेको र पाठ्यक्रम पनि टयार गरिसकेको र कार्यपुस्तक निर्माणको प्रक्रियामा रहेको जानकारी गराउनु भयो। कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि तथा वार्ड न.९ का वडा अध्यक्ष चौधरीले चालिएको कदममा होस्टेमा हैसे गरिदिन भाषा शिक्षकहरुलाई अनुरोध गरेका थिए भने सहजकर्ता डा. कृष्णराज सर्बहारीले आफु र आफ्नो परिवारबाटै भाषा साहित्य संरक्षण गर्नुपर्ने कुरामा जोड़ दिनुभएको थियो। गोष्ठीमा थारू लोक साहित्यका खानी पुर्खा गेदु राम चौधरीको मुखार बिंदुबाट “करमके खोज” नामक बत्कोही सुनाउनु भएको थियो साथै उहालाई थारू लेखक संघद्वारा सम्मान पनि गरिएको थियो।

कार्यशालाको पहिलो सेसन सहजकर्ता डा. कृष्णराज सर्बहारीले थारू लोक साहित्यमा एक नजर बिषयमा थारू लोकगीत, सस्कार गीत, चाडपर्बको गीत र ऋतूगीत, श्रम गीत, थारू मिथक तथा उखान तुक्काको बारेमा एकदमै गम्भीर कुराबारे सहजीकरण गर्नु भएको थियो भने गायक कविता काब्य र राजू चौधरीले थारू लोकगीत सुनाउनु भएको थियो। कार्यक्रमका सहजकर्ता चित्र बहादुर चौधरीले थारू कला तथा साहित्यको सैद्धान्तिक पक्षबारे स्पष्ट पार्नु भएको थियो । उद्घाटन समारोहमा थारू लेखक संघको कैलाली अध्यक्ष सीताराम चौधरीको सभापतित्वमा भएको थियो । कार्यक्रममा मोती रत्नले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने सञ्चालन राजू चौधरीले गर्नु भएको थियो।

दुई दिनसम्म चल्ने सो कार्यक्रममा कैलारी गाउँपालिका भित्रका करीब ५० जना शिक्षकहरुको उपश्थिति रहेको छ । कार्यक्रममा थारू लोक बाल साहित्यको बारेमा चर्चा सहजकर्ता डा. कृष्णराज सर्बहारीले गर्नु हुनेछ भने थारू लोक साहित्य र बाल साहित्य लेखन सम्बन्धी अनुभव सहजकर्ता छविलाल कोपिलाले गर्नु हुनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ