mirtu

टीकापुर, १ साउन ।  सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा कैलालीमा एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका –८ का ७६ वर्षिय नरबहादुर साउँदको भत्ता बुझ्ने क्रममा मृत्यु भएको हो ।

भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासी बिरामी परेका थिए । उपचारका लागि स्वास्थ्य केन्द्र पु¥याउने क्रममा उनको मृत्यु भएको वडाध्यक्ष दिर्घ ठकुल्लाले बताए । वडाध्यक्ष ठकुल्लाका अनुसार उनी केही समयदेखि बिरामी थिए । उनलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताईएको छ ।

मृतक वृद्धले सामाजिक सुरक्षा भत्ता समेत बुझ्न पाएनन् । वडाध्यक्ष ठकुल्लाले बैंकमा लामो समय कुर्नुपर्ने भएपछि सामाजिक सुरक्षा भत्ता वितरण सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयबाटै सुरु गरेको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ