गौरीगंगा

चौमाला, १ असोज । कैलालीको गौरीगंगा नगरपालिकामा सोमबार देखि लगाईएको तालाबन्दी शुक्रबार खुलेको छ । गठबन्धनका दलहरुले नगरपालिकामा देखिएका अनियमितताको यथार्थ छानबिन गरी सार्वजनिक गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी गरेका थिए ।

तालाबन्दीप्रति नगरप्रमुख भिम बहादुर देउवाले कुनै चासो नदेखाएपछि कार्यपालिका सदस्यहरुले उचित मागको सम्बोधन गर्ने प्रतिबद्धतासहित ताला खोल्न अपिल गरेपछि शुक्रबार ताला खुलेको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ