काठमाडौं, २ असोज । नेपालमा थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३८५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ६६ जनाको नतिजा पोजिटिभ आएको हो । आठ हजार ५४० नमुनाको पीसीआर परीक्षण गर्दा ८३५ र दुई हजार ८१८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार २३४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ४७ हजार ८०० पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।