16194308919112056574796

घोडाघोडी, १४ असोज। कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा दुई वटा छाउराका साथमा चितुवा देखा परेको हो ।घोडाघोडी नगरपालिका वडा न ११ मा रहेकोश्री रामजानकी सामुदायिक बन उपभोक्ता समुह मुर्गहुवा गाउँमा बुधबार साँझ ६ बजे छाउरा सहित चितुवा भेटियको सामुदायिक वनका वन हेरालु काग्रेश चौधरीले बताए ।

घोडाघोडी क्षेत्रमा छाउरा सहित चितुवा देखिएको यो पहिलो पटक रहेको सब डिभिजन वनका कमचारी जुगराम चौधरीले बताए । सामुदायिक वनमा चितुवा बच्चा सहित देखा पर्दा सामुदायिक वनका पदाधिकारी खुसी देखिएका छ्न ।

चोरिसिकारी हुन नदिन सामुदायिक वनमा ती छाउरा बस्ने उचित वातावरण भएको समुहका उपभोक्ता शान्ती चौधरीले बताईन् । वन क्षेत्रले भरी पुर्ण रहेको सो क्षेत्रमा चितुवा, बाघ, घोरल, निल गाई लगायतका जनावरहरु ओहोरदोहोर गर्ने गरेको सब डिभिजन वन कार्यलयका प्रमुख समीर थापाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ