617a95cd07d1a_cabinate29

कात्तिक ११ । सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीका अनुसार ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघाभन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ