Screenshot_20211227-180252_Facebook

धनगढीः धनगढीस्थित खप्तड मेडिकल एण्ड हेल्थ साइन्स कलेजमा तालाबन्दी गरिएको छ। कलेजमा अध्ययनरत विद्यार्थीहरूले सिटिइभिटीको निर्णय कलेजले नमानेको भन्दै तालाबन्दी गरेका हुन्। सिटिइभिटीको निर्णय अनुसार अनलाईन कक्षा सञ्चालन गरिएको समयको १५ प्रतिशत शुल्क छुट दिनुपर्ने तर नदिएकाले तालाबन्दी गरिएको उनीहरुले बताएका छन्। शुल्क छुट हुनुपर्ने लगायत पुस्तकालयमा किताबहरूको व्यवस्था गरिनुपर्ने उनीहरुको माग छ। माग सम्बोधन नभए थप आन्दोलन गर्ने विद्यार्थीहरूले चेतावनी दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ