कैलारी पोष्ट संबाददाता १४, फाल्गुन। समानता ,न्याय ,अधिकारका लागि एव्ं दासता विरुद्ध फाल्गुन १५ गते (भोली) कैलारी गाउँपालिकाको हसुलियामा हुन गईरहेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ।
हसुलियामा हुन गईरहेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा अहिले केही बेरमा थारु युबा शक्ति मोटरसाईकल -याली निकालिदैछ। युवाहरुको निधारमा जय थरुहट थारुवान लेखिएको रातो पत्ति बाँधेर कैलारी गाउँपलिकाको सबै वडासम्म शक्ति प्रर्दशन गर्ने तयारी गरिएको छ। शान्तिपूर्णरूपले यो युवा शक्ति मोटरसाईकल -यालि सम्पन्न गर्नेछ। बिगत समयदेखि नै राज्यले थारुहरुमाथि हेरिने दृष्टिकोण आतंकारीको संज्ञा बिल्ला भिडाएको छ। राज्यले थारुमाथि अन्याय गरेको छ, हेपेको छ। राज्यले सोझा-साझा हाम्रो थारु नेतालाई झुठा मुद्दा लगाएर आजिवन जेल सजाय सुनाएको छ। राज्यले थारुमाथि लगाएको झुठा मुद्दा लाई राजनितिक तवरले फिर्ता लिनुपर्ने, अहिलेको हाम्रो शान्तिपुर्ण आन्दोलन हो भनेर यस थरुहट थारुवान युवा शक्ति मोर्चा को कैलाली प्रवत्ता चुनिराम चौधरीले भन्नूभयो।