Screenshot_20220327-162916_Facebook

धनगढी ,१३ चैत । कैलालीमा जयानन्द पनेरु मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचन आयोगले जिल्ला अदालत कैलालीका न्यायधीस पनेरुलाई वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो।

यस्तै कञ्चनपुरमा न्यायधीस मदनबहादुर धामी, बझाँङमा बिष्णुप्रसाद अवस्थी, बैतडीमा तिलकबहादुर कार्की, दार्चुलामा कोमलप्रशाद आर्चाय, डोटीमा विदुर काफ्ले, डडेल्धुरामा हरिप्रशाद शर्मा, बाजुरामा माधव प्रसाद घिमीरे र अछाममा नवीन कुमार जोशी मुख्य निर्वाचन अधिकृत तोकिएका छन्।

२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ। निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ।

निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ