माेती रत्न। जलवायू परिवर्तनका कारण बाढी, पहिराे, अतिवृष्ति, अनाबृष्ति हुँदा किसानहरुलाई गत बर्ष धेरै समस्या भाेग्नु पर्याे। बर्दियामा एक स्थानीय किसान अाफ्नाे बाली सखाप हुँदा भक्कानाे छाेडेर राेएकाे घटना समाजिक सञ्जालमा एकदमै चर्चित भयाे।
स्थानीय तहको पाँचवर्षे कार्यकाल समाप्त भएपछि मुलुक यसको दोस्रो कार्यकालको निर्वाचनमा होमिएको छ । ३० वैशाख २०७९ मा स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलका नेता उम्मेदवार छनोट गर्न र घोषणपत्र लेखनमा व्यस्त छन् ।
निर्वाचन नजिकिंदै जाँदा सडक निर्माण, ग्राभेल, पिच, पुल निर्माण लगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर दलका नेता घरदैलोमा मतदातासँग मत माग्न व्यस्त छन् ।
तर जलवायुजन्य कारणबाट सिर्जित प्रकोप र त्यसबाट हुने क्षति न्यूनीकरण तथा समस्या समाधान र स्थानीय समुदायको उत्थान गर्ने विषय राजनीतिक दलको प्राथमिकतामा पर्न सकेको छैन । जबकि पछिल्ला वर्षहरुमा जलवायुजन्य कारणबाट सिर्जित बाढी, पहिरो, सुख्खा र खडेरीका कारण स्थानीय समुदाय; स्थानिय किसानहरु नराम्रोसँग प्रभावित भएका छन् ।
यसपालिकाे निर्वाचनमा सबै राजनितिक दलकाे याे मुद्दामा पनि ध्यान जावाेस।
वन तथा वातावरण मन्त्रालयले तयार गरेको संकटासन्नता, जोखिम विश्लेषण र अनुकूलनका उपायसम्बन्धी प्रतिवेदनका अनुसार जलवायुजन्य प्रकोपका घटना बढिरहेका छन् । पछिल्लो सन् १९७१–२०१९ सम्म भएका घटनालाई विश्लेषण गर्दा पहिरो, बाढी, असिनाबाट हुने क्षति, शीतलहर, छोटो समयमा हुने अत्यधिक वर्षा, हिमपहिरो, तातो हावा र डढेलोका घटनामा बढोत्तरी भएका छन् । जुन घटनालाई जलवायु परिवर्तनबाट सिर्जित समस्याका रुपमा लिइएको छ ।