Screenshot_20220506-191903_Facebook

धनगढी, २३ वैशाख । नेकपा एमाले कैलारी गाउँपालिका कमिटीले चुनावी प्रचार प्रसार तथा घरदैलो तीव्र पारेको छ । महिलालाई नेतृत्वमा नल्याउने पार्टीले अब चुनाव जित्न नसक्ने कुरा कैलारी गाउँपालिका अध्यक्ष उम्मेदवार झुमा चाैधरीले बताईन। नौ वटै वडाका अध्यक्ष सहितका उम्मेदवारहरू वडा केन्द्रित गरिएको र पालिका प्रमुख उपप्रमुखका उम्मेदवारहरू प्रत्येक टोल बस्तीमा मतदातासँग भेटघाटमा व्यस्त देखिएका छन् ।

एमालेबाट पालिका अध्यक्षका उम्मेदवार झुमा चौधरी र उपाध्यक्षका उम्मेदवार जालुराम चौधरी सहितको टोली घरदैलोमा निस्किएका हुन् । पहिलो स्थानीय तह निर्वाचनमा  कुनै पनि वडामा जित हासिल गर्न नसकेको र पालिका अध्यक्ष, उपाध्यक्ष पनि गुमाएको एमालेले यो पटक विरासत फर्काउने गरी मैदानमा उत्रिएको छ ।

वडाको सङ्ख्या बढाउने र पालिका अध्यक्ष, उपाध्यक्ष जित्ने रणनीतिका साथ चुनावी प्रचार अघि बढाएको नेताहरूले बताएका छन् । मत माग्न घर पुगेका झुमा र जालुराम दुवैलाई मतदाताले भव्य स्वागत गरेका छन् । पढेलेखेका योग्य पालिका बनाउने सपना भएको नेतृत्वलाई जिताउन आफूहरू तयार रहेको वचन समेत मतदाताले दिएका छन् । घरमा पुग्दा न्यानो आतिथ्य सहित अबिर मालाले स्वागत समेत गर्ने गरेका छन् ।

एमाले प्रतिको देश व्यापी आकर्षण र कैलारीमा माओवादी नेतृत्वको सरकार हुँदाको जनताले पाएको सास्ती र विभेदका विरुद्धमा पनि नयाँ अनुहार ल्याउने आफूहरूको धोको पुरा गर्ने मतदाताहरूको प्रतिक्रिया छ । 

एमाले वृद्ध वृद्धाको सहारा र विकासको मुहान पार्टी हो, भन्ने जानकारी नै छ, त्यसैमा घरमै मतका लागि आउँदा झनै खुसी लाग्यो एक वृद्धाले उम्मेदवारसँग भने । 

एमाले प्रति बढेको युवा लहर, काँग्रेस भित्रको असन्तुष्टि, गठबन्धन गर्न नमान्दा माओवादी र समाजवादीको काँग्रेस प्रतिको रिस चरम विन्दुमा छ । यस कारण पनि यहाँ एमालेको जित्न सुनिश्चित भएको मतदाताहरू बताउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ