धनगढी, १ जेठ । धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ । सुरु देखि नै अग्रता लिएका हमालले ५ हजार ५ सय २६ मतगणना हुँदा हमालले २ हजार ४ सय ३९ मत पाएका छन्।
यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ४ सय ४६ मत पाएका छन्। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ४ सय ९० मत पाएका छन्।