kat-taskari-pt2021-03-01-01-53-42

कैलाली,१७ फागुन । कैलालीको घोडाघोडी नगरपालिकाबाट अवैध सालको कडी सहित २ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान ६ बजे तिर वडा नम्बर ४ को मेलघट्टी सामुदायिक वनको सिमाना पर्ने सिमली खोलाबाट एउटा ट्याक्टर सहित,सालको कडी र २ जनालाई नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय सुखडले जनाएको छ ।

सब डिभिजन वन कार्यालय सुखडका प्रमुख समीर थापाका अनुसार विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय सुखडको टोलीले मोहन्याल गाउँपालिका ३ शान्तिनगर बाट काठ चिरानी गरी ल्याउदै गरेको अवस्थामा  नियन्त्रणमा लिएको जानकारी दिए । घटनाको थप अनुसन्धान भई रहेको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ