IMG_1664
Advertisements
फोटो/दीपक चौधरी

कैलारी पोष्ट संबाददाता, २१ फाल्गुन। कैलालीको कैलारी गाउँपालिका -५, महिमा मण्डली छोटी पलिया भवन समर्पण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी र महिमा मण्डली धनगढ़ीका सिनियर पास्टर कैलाश करिया ज्युले संयुक्त रुपमा रिबन काटी मण्डली भवन उद्घाटन गरेका हुन।

फोटो/दीपक चौधरी

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिले नेपालमा बिभिन्न भाषा, धर्म, सँस्कृतिको साझा फुलवारी रहेको साथै सबै जना मिलीजुली बसी शान्तिको सन्देश छर्नुपर्ने बताउनु भयो। धर्म निरपेक्षताको बिरुद्धमा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरु दबाउने प्रयासमा लागीपरेको त्यसैले हामी सबै मिलेर त्यस्ता शक्ति बिरुद्ध लागी सचेत तथा सजक हुनुपर्ने बताउनु भयो। बिश्वासीहरुको मृत्यु दफ़नका लागी ग्रेबियार्ड छुत्याउने कुरामा पनि गाउँसभामा छलफल भैसकेको अब छिट्टै सबैलाइ पायक पर्ने तथा दीर्घकालीन रूपका लागी ठाउँ कितान गर्ने भनी जानकारी गराउने भयो। यस्तै कार्यक्रम बोल्दै  बिसिष्ट अतिथि तथा ५ न. वडा अध्यक्ष बिष्णु प्रसाद चौधरीले सबै मिली प्रगतिमा लाग्न तथा शान्ति र सहयोगको वाताबरण बनाउने र एक अर्कालाई सम्मान गर्नुपर्ने बताउनु भयो।

फोटो/दीपक चौधरी

सो कार्यक्रममा महिमा मण्डली बैजपुरका पास्टर बिन्दुलाल चौधरी मण्डलीको इतिहास तथा योजनाको बारेमा प्रष्ट पर्नुभएको थियो भने बरिष्ट पास्टरले परमेश्वरको जीवित बचनबात प्रवचन दिनुभएको थियो। साथै मण्डली भवन निर्माणका लागी जग्गा दान गर्ने रामशरण सिंह चौधरी तथा परिवार  लगायत सहयोगी दाताहरुलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो । भने मण्डलीका अगुवा मोतीराम चौधरीले उद्घाटन समारोहको संचालन गरेका थिए ।   त्यस्तै कार्यक्रममा ख्रिष्टीय मण्डली टिकापुरका पास्टर प्रेम चौधरी, महिमा चर्च धनगढ़ी गुरुआमा गोमती चौधरी, महिमा चर्च कंचनपुर पास्टर सनज चौधरी, पास्टर रूद्र चौधरी, पास्टर सूर्य चौधरी, महिमा मण्डली धनगढ़ीका  अगुवा बीर बहादुर चौधरी, बिन्ती राम चौधरी, रूपलाल चौधरी, बिष्णु चौधरी, युवा अगुवा रेखा चौधरी, दीपक चौधरी, महिमा चर्च बैजपुर अगुवा मानबहादुर चौधरी, फिरूराम चौधरी, छोटी पलिया राजकुमार चौधरी तथा वार्ड न. ५ र ७ का बिश्वासीहरुको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ