Screenshot_20230114-223845_Facebook
Advertisements

फूलबारीमा माघे संक्रान्तिको अवसरमा माघ १ गते देखी सुरु हुने माघी मेलाको तयारी सम्पन्न भएको छ ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १९ स्थित श्री फुलबारी आधारभुत विद्यालयको प्राङ्गणमा माघ १ गते देखी ५ गते सम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।  शिक्षा, स्वास्थ्य, संचार विकासके अभियान, कृषि, संस्कृती ओ पर्यटन हमार पहिचान भन्ने मुल नाराका साथ थारु साँस्कृतिक तिहुवार मञ्चले मेला आयोजना गरेको हो ।

थारु माघी मेला २०७९ मा मूख्य आकर्षणको रुपमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति,  भलिबल प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता रहेको आयोजक थारु तिहुवार मञ्चका अध्यक्ष पर्वत चौधरीले बताए । उनले मेलामा स्थानीय परिकार, कृषि उत्पादन, लगायत विभिन्न ब्यापारीक स्टलहरु समेत राखिएको जानकारी दिए । अध्यक्ष चौधरीले भलिबल, ब्याटमिन्टन खेलहरु तथा सांस्कृतिक प्रस्तुतीका लागी  इच्छुक ब्यक्ति, क्लब, विद्यालय तथा समुहलाई टिम दर्ताको लागी समेत अनुरोध गरेका छन् ।

धनगढी उप–महानगरपालिका उप–प्रमुख कन्दकला रानाले थारु माघी मेला २०७९ को माघ १ गते दिउंसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको  अध्यक्ष चौधरीले जानकारी दिए । उनले मेलाको उद्घाटन कार्यक्रममा विभिन्न थारु सांस्कृतिक नृत्य प्रस्तुतिको साथै झाकी समेत  प्रस्तुती गरिने बताए । अध्यक्ष चौधरीले सबैलाई थारु माघी मेला अवलोकनको लागी समेत आमन्त्रण गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ