-छविलाल काेपिला
हिजाे अस्ति थारू जिम्दार राजधानी पस्याे
राजधानीमै शासकसँग मितजाेडी जाेड्याे
ऊ गाउँ बिर्सियाे
गाउँकाे रीतिरिवाज पनि
गाउँकाे अनडीकाे जाँड
र, जाँडसँगै माघ पनि बिर्सिदियाे ।
जब शासकहरू उसलाई काबुमा राखे र भने
थारू ठीक ठाउँमा अाइ पुग्याे
यसकाे माैलिकताकाे माघमाथि
एउटा लँगाैटी झुन्ड्याइ दिऊ
बिचरा थारू जिम्दार
लँगाैटीकाे उपहारकाे उन्मादमै बेहास् भएछ
र, अाफ्नाे बेहोसीमा
मालिक गुलामकाे व्यापारिक बिज्ञापनकाे साइनबाेर्डमा
माघकाे पुछारमा लँगाैटी झुन्ड्याएर
ह्याप्पी माघी लेखे छ
यता शासकहरू उसकै समर्थनमा ताली बजाइरहेछन् ।
अचेल माघ जसकाे अाफ्नाे होइन
उसैले जथाभावी फुर्काे झु्न्ड्याइरहेछ
जसले माघकाे नाक, कान, मुख देखेकाे छैन
उसैले नाकमा एयररिङ र कानमा फुली झुन्ड्याएर
वाक फैसला सुनाइरहेछ
र, माघ कुरूप बनाइरहेछ ।
हिजाे पहिचान भुक्न तीन हात माथि उफ्रिनेहरू
माैलिकता नापेर नथाक्नेहरू
अचेल मालिककाे प्रदर्शनी मेलामा
जसरी शासकहरूलाई अग्र भागमा राखेर
अाफू पछाडि बसेर
बेसूर थपडी पड्काइरहेछन्
ठीक त्यसरी नै
चाैधरीहरू शासकहरूका स्वत्व जाेगाइदिन
शासकहरूकै नासाे ‘माघी’लाई अग्र भागमा राखेर
थारू समुदायकाे माघ, खिचरा र तिला संकराइतलाई
छायाँमा राखेर गर्व गरिरहेछन्
हाे,
शासकहरूसँग शासन सत्ता छ
उनीहरूसँग दाम छ, दम्भ छ
उनीहरूसँग सञ्चार छ, समाचार छ
उनीहरूसँगै शक्ति पनि छ
त्यसैले गुलामहरू
तलुवा चात्नकै लागि
उनीहरूकै लगाैटी समातेर थपडी बजाऊन्
चाहे उनीहरूकै इसारामा नचून् , गाऊन्
केही फरक पर्दैन
किन कि अब थारू वस्तीबाट
थारू गाउँ गाउँबाट
‘माघ’ अाफ्नै पहिचानकाे
अाफ्नै माैलिकताकाे
अावाज बाेकेर बिद्राेहमा उठिसकेकाे छ ।
Advertisements