157141527_968684377235060_3781404015518944210_n
Advertisements

धनगढी, २३ फागुन । कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत पहिलो दिनमै धनगढी उप–महानगरपालिका १ हजार ६ सय ५६ जनाले खोप लगाएका छन् ।
उप–महानगरपालिका स्वास्थ्य शाखाका अनुसार खोप लगाउनेमा ६५ बर्ष देखि ८९ बर्षका ब्यक्तिहरु रहेका छन् । सबैभन्दा बृद्धा धनगढी उप–महानगरपालिका वडा नं १ कि पाना सोपले खोप लगाएकी छन् । दोश्रो चरणको पहिलो खोप लगाउनेमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य रत्ना गौचन र पूर्व केन्द्रिय सदस्य शुनिल कुमार भण्डारी रहेका छन् ।


उप–महानगरपालिकाका ११ वटा केन्द्रमा खोप लगाईदैछ । प्रमुख नृपबहादुर वड लगायत जनप्रतिनीधि खोप केन्द्रमा आफै खटिएका छन् । ‘सबै खोप केन्द्रमा पुगेर त्यहाँको अवस्था बुझ्ने काम गरेका छौं’, नगरप्रमुख वडले भने–‘हामीले अनुमान गरेको भन्दा पढीले पहिलो दिनमै खोप लगाएका छन् । ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोध गर्दछौं ।’ नगरप्रमुख वड अगाडी थपे, ‘कोरोना खोपका बिषयमा कतिपय भ्रमहरु फैलाएका छन् त्यसमा विश्वास नगर्न सबैमा अनुरोध गर्दछौं ।’
खोप अभियानलाई प्रभावकारी बनाउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत परिचालन गरिएको छ ।
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत योगेश कुमार अवस्थीले खोप अभियान प्रभावकारी रुपमा संचालन भैरहेको बताए । उनले भने–‘सबैलाई खोप लिनका लागि अनुरोध गरिरहेका छौं ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ