image-4

काठमाडौं, ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साताभित्र प्रकाशन गर्ने योजना बनाएको छ।

यो समयभन्दा अगाडि नै नतिजा प्रकाशन गर्ने योजनासहित अहिले काम गरिरहेको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा=१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

२०७९ को एसइई परीक्षा गत चैत १७ गते शुरु भएर २९ गते सकिएको थियो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको थियो। एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ